२०८३ भाद्र २९ सोमबार

लुम्बिनीमा २० प्रतिशतले पर्यटक बढे

ई आर्थिक    बुधबार, पौस १९ २०७४
7.2K
Shares
लुम्बिनीमा २० प्रतिशतले पर्यटक बढे

अमृता अनमोल, बुटवल पुस १९, २०७४ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २० प्रतिशतले बढेको छ । लुम्बिनी बिकास कोषका अनुसार सन् २०१७ मा १५ लाख ५२ हजार पाँच सय ८६ जनाले भ्रमण गरेका छन् । अघिल्लो वर्ष  १२ लाख ८५ हजार ६ सय ८० पर्यटक लुम्बिनी पुगेका थिए ।

यो बर्ष लुम्बिनी पुग्नेमा १२ लाख ५१ हजार तीन सय आन्तरिक पर्यटक छन् । भारतीय एक लाख ५५ हजार चार सय ४४ जना र अन्य मुलुकका एक लाख ४५ हजार सात सय ९६ जना रहेको कोषले जनाएको छ । तेस्रो मुलुकमध्ये  श्रीलंका, थाइल्याण्ड, म्यानमार, कोरिया, चीन, भियतनाम लगायतका देशका पर्यटक बढी आउने गरेका छन् । हरेक वर्ष लुम्बिनी भ्रमणकालागि आउने पर्यटकको सङ्ख्या बढेपनि यही बस्ने र खर्च गर्ने पर्यटक न्यून हुँदा त्यसको फाइदा लिन नसकिएको व्यवसायीको गुनासो छ ।

लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरुमा सडक सञ्जाल नजोडिनु, व्यवस्थित पर्यटन योजना नबन्नु, काठमाडौं बाहेक अन्य क्षेत्रमा हवाई उडान नहुनु जस्ता कारणले पर्यटकहरुको बसाई अवधी लम्बिन नसकेको सिद्धार्थ होटल व्यवसायी संघका महासचिप रवि शर्माले बताउनुभयो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij