पुस ६, २०७४, काठमाडौँ — कांग्रेसका युवा नेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ ।
नेता भण्डारीले पार्टीमा आमूल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरू अघि बढ्ने उद्देश्यसहित छलफल थालिएको बताए । ‘आजबाट कुनै गुट/उपगुटमा नलागी पार्टीको आमूल सुधारका लागि एक हुने अभियान थालेका छौं,’ भण्डारीले कान्तिपुरसँग भने, ‘वामपन्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने हो भने अहिलेको नेतृत्वमाथि युवाहरूले हस्तक्षेप गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य जोड हो ।’ युवा नेताहरूको बैठकले अहिलेको पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष पनि निकालेको छ । युवा नेताहरूले परिवर्तनको चाप पछ्याउन सक्ने नेतृत्व पार्टीलाई आवश्यक रहेको भन्दै पहिलो पुस्तालाई विश्राम दिनुपर्ने बताएका थिए । पार्टीको नीति र नेतृत्वबारे छलफल गर्न पनि विशेष महाधिवेशन बोलाउनुपर्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।कांग्रेसका युवानेताहरूले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । चुनावमा पार्टी पराजयको समीक्षा गर्न बुधबार एक पार्टी प्यालेसमा बसेको युवा नेताहरूको बैठकले केन्द्रीय कार्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा नेताहरू गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराललगायत थिए ।