काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बुधबार परीक्षाको एसईई परिक्षा सम्बन्धि तालिका सार्वजनिक गरेको हो।
राष्ट्रिय परिक्षा बोर्डको तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ।
त्यस्तै चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।
बोर्डले संस्कृत तथा प्राविधिक धारका विषयहरुको परीक्षा पनि चैत आठ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्ने बोर्डले जानकारी दिएको छ ।