२०८३ साउन १० आइतबार

ज्योति विकास बैंक धनगढीमा, शाखा विस्तार गर्दै आफ्नो सेवा देशभर पुरयाउने

ई आर्थिक    सोमबार, मंसिर ११ २०७४
4.4K
Shares
ज्योति विकास बैंक धनगढीमा, शाखा विस्तार गर्दै आफ्नो सेवा देशभर पुरयाउने

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–४, चौराहमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याइएको थियो ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले संयुक्त रुपमा गर्नृु भएको थियो । केही दिन अघि मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।
देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा यी शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा विशेष अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नृु भएको थियो ।

कार्यक्रममा बैंकको संचालक समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोजकुमार ज्ञवाली, सो उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ सुविधा उपलव्ध गराउने छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij