२०८३ साउन ११ सोमबार

उम्मेद्वारसँगै सुरक्षाकर्मीलाई पनि आक्रमण, सिरहामा चलाएको गोली लागी दुई सुरक्षाकर्मी गम्भीर घाइते

ई आर्थिक    आइतबार, मंसिर १० २०७४
2.5K
Shares
उम्मेद्वारसँगै सुरक्षाकर्मीलाई पनि आक्रमण, सिरहामा चलाएको गोली लागी दुई सुरक्षाकर्मी गम्भीर घाइते

१० मंसिर, सिराहा । उम्मेद्वारलाई लक्षित गरी बम पडकाउने, उम्मेद्वारको तोडफोड र बिष्फोट गराउने जस्ता घटना पछि आक्रमण सुरक्षाकर्मीतर्फ केन्द्रित हुन थालेको छ ।

सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव रहेका छन् ।

आइतबार दिउँसो आक्रमणकारीले गोली हानी घाइते बनाएको हो । अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यरत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।

मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भएका थिए ।

गोली कसले र किन चलाएको भन्ने नखुले पनि मधेशी भुमिगत दलले आक्रमण गरेको अनुमान छ । तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएकाले उसैले आक्रमण गरेको हो की भन्ने अनुमान स्थानीय प्रशासनको छ । प्रहरीलाई नै आक्रमण गरे पछि स्थानीय प्रशासनले आफ्नो सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij