२०८३ साउन ११ सोमबार

माथिल्लो तामाकोशी जलविद्युतको मुख्य सुरुङ खन्ने काममा ‘‘ब्रेक थ्रू’, सिभिलतर्फको काम करिब ९० प्रतिशत सकियो

ई आर्थिक    आइतबार, मंसिर ३ २०७४
3.9K
Shares
माथिल्लो तामाकोशी जलविद्युतको मुख्य सुरुङ खन्ने काममा ‘‘ब्रेक थ्रू’, सिभिलतर्फको काम करिब ९० प्रतिशत सकियो

३ मंसिर, दोलखा (तामाकोशी) । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको मूख्य सुरुङ्ग खन्ने काम सकिएको छ । यस कार्यमा ‘‘ब्रेक थ्रू’ भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई आयोजनाले ‘ब्रेक थ्रू’ भनेको छ।

ऊर्जासचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आइतबार बिहान साढे ८ बजे सुरुङमा ब्रेक थ्रू गरिएको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालीको मात्रै लगानी भएको राष्ट्रिय गौरवको आयोजना हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभएको छ ।

इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्‍याउने काम भइरहेको आयोजना प्रमुखले बताउनुभयो । छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएकाले ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्‍याउन कठीन भएको छ ।
अहिले विद्युतगृह जडानको काम अगाडि बढेको छ । श्रेष्ठका अनुसार कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ ।
अहिले टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने एक सय ४७ वटा पोलमध्ये अधिकांश ठड्याई सकिएको छ । जम्मा १६ वटा पोल मात्रै ठड्याउन बाँकी छन् ।
आयोजनाको कुल लागत ३५ अर्ब ३० करोड रुपैयाँ छ । यो आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी रहेको छ ।

उक्त आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय सरकारले गरिसकेको छ ।

आउने असार भित्रै सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाले लक्ष्य राखेको छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij