कात्तिक ३, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको अन्तिम संस्कार आजै ४ बजे पशुपति आर्यघाटमा गरिने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सो जानकारी दिनुभएको हो । दिउँसो १ बजेबाट दाहालको पार्थिब शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पेरिस डाँडामा राखिएको छ ।
नर्भिकदेखि नै भिड लागेको पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक पेरिस डाँडामा झन बढेको छ । स्वर्गीय दाहाल पत्नी विना लगायत परिवारका सबै सदस्य जम्मा भइसकेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायतका राजनीतिक दलका सबै शिर्ष नेताले समवेदना व्यक्त गरेका छन् भने एमालेले एक घण्टाको लागि चुनाब प्रचार अभियान बन्द गर्ने निर्णय गरेको छ ।
यसैबीच स्व. प्रकाश पिता प्रचण्डले निर्वाचन सम्बन्धी कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।