२०८३ साउन ११ सोमबार

मन्त्री जनार्दन शर्मालाई लक्षित बम प्रहार

ई आर्थिक    शुक्रबार, कार्तिक २४ २०७४
2.1K
Shares
मन्त्री जनार्दन शर्मालाई लक्षित बम प्रहार

२४ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ । शर्मा विनाविभागीय मन्त्री, पूर्वगृहमन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै पनि क्षति हुन पाएन ।
उम्मेदवार शर्मासहित प्रचार टोली विहान रूकुमको चौरजहारीबाट सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो ।
बम हान्ने कसैले जिम्मा नलिदा बम कसले प्रहार गरेको हो भन्ने पुष्टि हुन सकेको छैन । प्रहरीले नेत्रबिक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रहार गरेको आशंका गरेको छ ।

एमाले र माओवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी राजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले बम अक्रमण गरेको बताएका छन ।

उम्मेदवार शर्मा वाम एकताको पहलकर्ता समेत रहेकोले सुरक्षा थ्रेट बढिरहेको भन्दै उनीहरूले घटनाको निन्दा गरेका छन् । उनीहरूले कार्यकर्ताहरूलार्इ सचेत रहन आव्हान गर्दै उम्मेदवारको सुरक्षा र चुनावी प्रचारमा सक्रिय रहन पनि अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij