यद्यपि, सन् २०१६ को तुलनामा भने यो निकै कम हो । सो अवधिमा व्यावसायिक वातावरणका आधारमा नेपाल सूचीको १ सयौं स्थानमा थियो ।
गतवर्षको तुलनामा यस वर्ष नेपालको इज अफ डुइङ बिजनेश सूचक २ दशमलव ३५ प्रतिशतले बढेर ५९ दशमलव ९५ अङ्कमा पुगेको छ । चल सम्पत्तिको एकीकृत र आधुनिक दर्ता व्यवस्था, सुरक्षित कारोबार प्रणाली ल्याएर कर्जादाताहरूको कानूनी अधिकार सुदृढ बनाउने प्रयासका कारण नेपालको व्यावसायिक स्थिति सुध्रिएको प्रतिवेदनमा बताइएको छ । त्यसबाहेक पनि साना लगानीकर्ताहरूको सुरक्षाका लागि कम्पनी व्यवस्थापनमा शेयरधनीको भूमिका विस्तार गर्ने प्रयासले पनि व्यावसायिक वातावरण सुधार्न योगदान दिएको हो ।
गतवर्ष दक्षिण एशियाली देशहरूले व्यवसाय गर्दा पालना गर्नुपर्ने २० क्षेत्रमा सुधार गरेका छन् । यो विगत १५ वर्षको औसतको तुलनामा निकै उच्च हो । विगत १५ वर्षमा यस क्षेत्रमा व्यावसायिक स्थितिमा सुधार ल्याउन १ सय २७ ओटा सुधार भएका थिए । गतवर्ष यस क्षेत्रका देशमध्ये सबैभन्दा धेरै सुधार भारतले गरेको छ । कुनै पनि देशले एकै वर्षमा यति धेरै सुधार गरेको यो नै पहिलोपटक हो । यसले भारतलाई यस वर्ष सबैभन्दा धेरै सुधार गर्ने देशको उपाधि दिलाएको छ ।
दक्षिण एशियाली देशमा सबैभन्दा अगाडि अर्थात् ७५औं स्थानमा भुटान छ । गतवर्षको तुलनामा उसको इज अफ डुइङ बिजनेश सूचक १ दशमलव शून्य ६ अङ्क बढेर ६६ दशमलव २७ अङ्कमा पुगेको छ ।
सन् २०१७ मा भुटानले नयाँ व्यवसाय दर्ता प्रक्रिया सहज बनाउने, ऋण उपलब्धता सहज बनाउने र करार कार्यान्वयन विस्तार गर्नेलगायत ४ ओटा सुधार लागू गरेको छ । दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा छ ।
गतवर्ष व्यावसायिक क्षेत्रमा ४ ओटा सुधार गरेको पाकिस्तान सूचीको १ सय ४७औं स्थानमा छ । साना लगानीकर्ताको सुरक्षार्थ उसले सरकारको दायित्व बढाएको छ । यसबाहेक पनि सम्पत्ति दर्ता प्रक्रियामा सुधार गर्ने, व्यवसाय शुरू गर्न आवश्यक विद्युतीय हस्ताक्षरप्राप्ति सहज बनाउने र सीमापार व्यापार सहज बनाउने काम भएका थिए । आर्थिक अभियानबाट