२०८३ साउन ११ सोमबार

राष्ट्रिय प्रसारण लाइनमा १३ मेगावाट विद्युत् जोडिँदै

ई आर्थिक    मंगलबार, कार्तिक १४ २०७४
3.7K
Shares
राष्ट्रिय प्रसारण लाइनमा १३ मेगावाट विद्युत् जोडिँदै

२o७४ कार्तिक १४ मंगलबार, पोखरा – कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ ।

केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए।

कूल रु दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण उत्पादन गरिरहेकोे छ। सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ।
उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ ।

‘रन अफ द रिभर’ मा आधारित सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट रु सात र बर्खायाममा प्रतियुनिट रु चारका दरमा विद्युत् खरिदबिक्री सम्झौता भएको निर्देशक केसीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij