कार्तिक १३, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले काठमाडौ गोकर्णेश्वर न.पा १ का मृतक वीर कुमार श्रेष्ठको धर्मपत्नी राधामाया श्रेष्ठलाई २६ लाख ५० हजारको मृत्युदावी वापतको चेक हस्तान्तरण गरेको हो ।
मृतक श्रेष्ठले गत वर्ष चैत्र १९ गते नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तिनकुने शाखा मार्फत कम्पनीका चिफ बिजनेश म्यानेजर नेत्रबहादुर राउत मार्फत रु. २५ लाखको अमृत वर्षा वीमा योजनामा १० वर्षको लागि जीवन वीमा गराएका थिए । उनले सो बीमा गरे वापत पहिलो किस्ता रु. ३१२,५००/- मात्र जम्मा गर्नु भएको थियो । वीमा गरेको २ महिना पछि नै ब्रेनहयामरेज भएर चावहिल स्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो ।

उनको परिवारलाई वीमाङ्क रकम रु.२५ लाख र १ वर्षको बोनस समेत गरी रु.२६,५०,०००/- रुपैया मृतकको परिवारलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तिनकुने र नयाँपाटी वचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर नगरपालिका २ को संयुक्त आयोजनामा उक्त रकम हस्तान्तरण गरिएको थियो । यदि मृतक, वीरकुमार श्रेष्ठ तत्कालै दुर्घटनाबाट मृत्यु भएको भए ५० लाख र बोनस गरी भुक्तानी पाउथे भने कुनै घटना घटेर वा रोग लागि स्थायी अशक्तताको कारण काम गरेर खान नसक्ने अवस्था भएर बाचेको अवस्थामा उनले बुझाउनु पर्ने वीमा शुल्क मिनाह हुने र सद्दे हुँदा १० वर्ष सम्म बुझाएर पाउने सम्पूर्ण सुविधा सरह श्रेष्ठले पाउथे । तर रोग लागेर मृत्यु भएको कारणले वीमा रकम २५ लाख र वोनस समेत गरी २६ लाख ५०,०००/- भुक्तानी गरिएको कुरा कम्पनीको चिफ बिजनेश म्यानेजर नेत्रबहादुर राउतले बताउनुभयो ।
उक्त कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स तीनकुने शाखाको प्रमुख कोमलबहादुर अधिकारीले वीमाको चेतना सबैमा पु¥याउन सके सबैलाई भैपरि आउने आपत विपतको साहारा हुने र परिवारमा आर्थिक भार कम हुने कुरा उल्लख गर्नुभयो । उहाँले सबै नेपालीमा वीमाको जनचेतना पु¥याउनु पर्ने र सबैले वीमालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । वीमा रकम हस्तान्तरण कार्यक्रमको सभापतित्व नयाँपाटी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष प्रदिप शर्मा नेपाल र अथितिको आशन ग्रहण भने क्रमशः रमेश श्रेष्ठ, विजय कुमार श्रेष्ठ, चिरंजिवी सिंखडा, गौतम खनाल, राम मानन्धर, अर्जुन थापा, उद्धव भण्डारी लगाएतले गर्नु भएको थियो भने प्रमुख अतिथिको आथित्यता भने गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपमेयर शान्ति नेपाल र कार्यक्रमको सभापति एवम् संस्थाका अध्यक्ष प्रदिप शर्माले जीवन वीमा सबै नेपालीको आवश्यकता भएको र त्यसलाई सरकारी तवरबाटै यसको आवश्यकताको महसुस गरी सबै नेपालीहरुमा जीवन वीमाको पहँुच पु¥याउनु पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रमको संचालन नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका चिफ बिजनेश म्यानेजर नेत्रबहादुर राउतले गर्नु भएको थियो ।