२०८३ साउन १२ मंगलबार

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?  

ई आर्थिक    शुक्रबार, कार्तिक १० २०७४
2.4K
Shares
कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?   
बालकृष्ण अधिकारी, बिहिबार, ०९ कार्तिक २०७४, काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो।

जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १,  महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३, नेता गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, महेस आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६, मिनेन्द्र रिजाल मोरङ २, रमेश रिजाल पर्सा ४, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, गगन थापा काठमाडौं ४, प्रकाशसरण महत काठमाडौं ५, नविन्द्रराज जोशी काठमाडौं ८, नारायण खड्का उदयपुर १, नारायण कार्की उदयपुर २, अर्जुन जोशी पर्वत  र फर्मुल्ला मन्सुर वारा ३ मा उम्मेदवार रहने संसदीय समितिले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij