२०८३ साउन १० आइतबार

नेपाल इन्भेष्टमेन्ट बैंक र एक्सेस बैंकबीच विप्रेषण कारोबार संझौता, भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सजिलो हुने

ई आर्थिक    आइतबार, कार्तिक ५ २०७४
5K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंक र एक्सेस बैंकबीच विप्रेषण कारोबार संझौता, भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सजिलो हुने

कात्तिक १, २०७४ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।

भारतमा रहेका नेपालीसंग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका निजका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.को विप्रेषण सेवा पृथ्वी रेमिटमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सिस बैकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिनेछ ।

छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास बैंकले लिएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्ने विश्वास राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij