२०८३ साउन ११ सोमबार

टिकट जुधेपछि बाम गठबन्धन तोडिने खतरा

ई आर्थिक    आइतबार, कार्तिक ५ २०७४
1.8K
Shares
टिकट जुधेपछि बाम गठबन्धन तोडिने खतरा

पवित्रकुमार शाही, आइतबार, ०५ कार्तिक २०७४, कालिकोट- बाम गठबन्धनका कारण जिल्लामा चर्काे विवाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भएपनि बाम गठबन्धनको उम्मेदवार छनौटमा चर्काे विबाद भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रका नेताबीच सहमति नभएपछि गठबन्धनमा विवाद बल्झिएको छ । साविकका १७ गाविसमा पर्ने एक नगरपालिका र ४ वटा गाउँपालिका भएको प्रदेश (ख) मा बाम गठबन्धनबाट अहिलेसम्म कसैको टिकट पनि टुंगिएको छैन । प्रदेश (ख) मा एमाले र माओवादी केन्द्रले टिकट जुधाएका छन् । आइतबार नेकपा एमाले र माओवाादी केन्द्रका जिल्लास्तरका नेताको बैठक जारी छ । स्रोतका अनुसार अब यो विवादले मतदातासम्म असर पर्ने देखिन्छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभा प्रत्यक्षका लागि बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र प्रदेश (ख) का लागि जिल्ला अध्यक्ष दुर्गबहादुर रावत (उज्वल) लाई टिकट सुम्पिएको छ । एमाले पार्टीले पनि दुर्गबहादुर रावतलाई टिकट दिएको क्षेत्रबाट एमालेका कुर्मराज शाहीलाई टिकट दिएको छ ।

सञ्चार माध्याममा प्रदेश (ख) बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को उम्मेदवारी रहने भनिए पनि अहिलेसम्म टुंगो नलागेको जनाइएको छ । दुई पार्टीबीचको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फेरबदल हुने खतरा बढेको एक नेताले बताए ।

गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या चुलिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij