काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो औपचारीक कारोबार शुभारम्भ सँगै करोडपति बीमा योजना सार्वजानिक गरेको
छ । इन्स्योरेन्सले औपचारिक शुभारम्भ गर्दै करोडपति बन्ने रिलायवल जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
इन्स्योरेन्सले भदौ २५ गते देखि नै कारोबार गर्दै आएको कम्पनीले औपचारिक कारोबार सुरु गर्दै उक्त नयाँ बीमा योजना सार्वजानिक गरेको हो ।
यो योजना सावधिक जीवन बीमा योजना अन्र्तगत पर्ने उच्च प्रतिफल, सुरक्षा र बचत एकैसाथ प्रदान गर्ने योजना भएको कम्पनीको भनाई छ ।
मासिक न्युनतम बीमा शुल्क आठ हजार आठ सय १७ रुपैयाँका दरले ४० वर्ष बीमा सम्म प्रिमियम भुक्तानी गरेपछि यस बीमा योजनामा सहभागि हुन पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जानकारी दिए ।
कम्पनीले अहिले छ वटा जीवन बीमा योजनाहरू ल्याएको छ । रिलायबल सावधिक जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, निश्चित आवदी जीवन बीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक बीमा योजना सर्वजानिक गरेको हो । ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ । जसमा संस्थापक तर्फ एक अर्ब ७० करोड रुपैयाँ र बाँकी ३० करोड रुपैयाँ सर्वसाधरणका लागि छुट्याएको छ। कम्पनीको कर्पोरेट कार्यालय काठमाडौको ज्ञानेश्वरमा रहको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले कम्पनीको औपचारिक शुभारम्भ गर्दे बीमा कम्पनीको नियमित अनुगमन र निरीक्षण गरिने बताए ।