काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लंघन गर्दै फेरि सरकार विस्तार गरेका छन् । उनले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थप्ने भएका छन्। यो सँगै राप्रपा पनि सरकारमा सहभागी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली सहितको पत्र राष्ट्रपति कार्यालयलाई पठाइसकेका छन्। थपिएका नयाँ मध्ये उपप्रधानमन्त्रीमा कमल थापा, मन्त्रीहरुमा दिनानाथ गिरी, जयन्त चन्द, विक्रमबहादुर थापा रहेका छन्। थापा सहितका मन्त्रीहरुको कुनै मन्त्रालय तोकिएको छैन।
प्रधानमन्त्रीले नाम सहितको पत्र राष्ट्रपति कार्यालयमा बुझाए पनि सपथ कार्यक्रम भने अहिले तय भइसकेको छैन । उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने वारेमा अहिलसम्म टुंगो लागेको छैन । स्रोतका अनुसार माओवादी मन्त्रीहरुलाई हटाएर राप्रपालाई ‘रिप्लेस’ गर्न खोजिएको छ ।