२०८३ साउन १० आइतबार

लेकसाइड ग्यासमा सिलिन्डर विस्फोट, दुईजना गम्भीर घाइते

ई आर्थिक    बुधबार, असोज २५ २०७४
1.8K
Shares
लेकसाइड ग्यासमा सिलिन्डर विस्फोट, दुईजना गम्भीर घाइते

कास्की, असोज २५ – पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij