२०८३ साउन १० आइतबार

मिलेनियम बेबी केयरका बमटम, पामिमो, र फ्रि मी नेपाल बजारमा

ई आर्थिक    बिहिबार, असोज १९ २०७४
5.9K
Shares
मिलेनियम बेबी केयरका बमटम, पामिमो, र फ्रि मी नेपाल बजारमा

काठमाडौं । मिलेनियम बेबी केयर, भारतमा आधारित प्याण्ट स्टाईलको बेबी डाइपर उत्पादक कम्पनीले नेपालमा आफ्नो विश्वस्तरीय बेबी केयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले विश्वस्तरीय बेबी केयर उत्पादनहरु सार्वजनिक गरेको हो । स्यानिटरी न्यापकिन पहिलो पटक सूपथ मूल्यमा नेपालमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ । डायमण्ड नेपाल प्रालि बिगत ४७ वर्षदेखि खाद्यसामाग्री उद्योगको क्षेत्रमा साधारण व्यापार तथा बितरण च्यानल भएको प्रसिद्ध कम्पनी हो ।

भारत र यूएईमा सफलरुपमा भव्य सार्वजनिक भएपछि, अब मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड बट टम, पापिमो बेबी प्याण्ट डाइपर र फ्रि मी स्यानिटरी न्यापकिन्स नेपालमा सार्वजनिक गरेको हो । यी ब्राण्डहरु अब नेपाल, भारत र दुबईमा उपलब्ध छन् ।

मिलेनियम बेबी केयरको ससक्त उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल डाइपर जून डाइपर उद्योगमा पछिल्लो नविनतम डिजाइन हो । यस्तो प्रकारको प्यान्ट स्टाइल डाइपर लोकप्रिय हुनुको मुख्य उद्धेश्य भनेको यसको डिजायन, आरामदायी र सुरक्षा नै हो । यी प्यान्टहरु नरम कटनसहितको सामाग्री, पूर्ण सुख्खा, तत्काल सोस्ने र ताजा हावा पस्ने सामाग्रीहरुको विशेषता सहित आउँछ । यो स्मल साइज, मिडियम साइज र लार्ज साइजमा उपलब्ध छ । अब बच्चाबच्चीहरुका लागि उपयुक्त डाइपर किन्ने सहज अबसर उपलब्ध भएको छ ।

बमटम प्यान्टस्की निर्देशक, निकिता भीमसरियाले भन्नुभयो– ‘बमटम प्यान्टस बच्चाबच्चीहरुका सही र उपयुक्त प्यान्ट स्टाइलको डाइपर हो । बच्चाबच्चीहरुको आराम र हेरचाहका लागि यो मुलायम सामाग्रीद्वारा निर्माण गरिएको छ । आमाहरुले अब डाइपर भिज्यो भनेर चिन्ता गर्नुपर्ने समस्याबाट मुक्त हुनेछन्, किनकी यो डाइपर मुलायम कपास सामाग्रीहरुद्धारा तयार पारिएको छ जसले पूर्ण सुख्खा राख्नुका साथै तत्काल सोस्न सक्दछ । यसबाहेक यसमा ताजा हावा पस्ने व्यवस्था पनि राखिएको छ ।’

बमटम र फ्रि मीको मूल्य सूची
बमटम मूल्य सूची
सानो साइज ४६ पीस– रु.७२०
मध्यम साइज ३६ पीस– रु.७२०
ठूलो साइज ३४ पीस– रु.७२०
सानो ५ पीस– रु.८३
मध्यम ५ पीस– रु.९९
ठूलो ५ पीस– रु.१०७

फ्रि मी स्यानिटरी न्यापकिन्स मूल्य सूची
२४० एमएम ८ पीस– रु.५२
२८० एमएम ७ पीस– रु.६४

मिलेनियम बेबी केयरको बारेमा
मिलेनियम बेबी केयर प्यान्ट स्टाइल बेबी डाइपर उत्पादन गर्ने सन् २०१५ नोभेम्बरमा स्थापना भएको राष्ट्रिय कम्पनी हो । कम्पनीका संस्थापक रामप्रकाश बेरिया र दिपेन्द्र भीमसरियाले यसलाई ठूलो लगानीको रुपमा अगाडि बढाए । भारतमा,प्यान्ट स्टाइल बेबी डाइपर उत्पादन गर्ने पहिलो कम्पनीको रुपमा, कम्पनीले मध्य प्रदेशको इन्दौर नजिक रहेको पिथाम्पुर औद्योगिक क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरेको छ ।
मिलेनियम बेबी केयरको ससक्त उत्पादन बेबी पुलअप प्यान्ट स्टाइल बेबी डाइपर हो, जून डाइपर उद्योगमा अत्याधुनिक डिजाइन हो ।यस्तो प्रकारको प्यान्ट स्टाइल डाइपर लोकप्रिय हुनुको मुख्य उद्धेश्य भनेको यसको डिजायन, आरामदायी र सुरक्षा नै हो ।
यसका संस्थापकहरु ३० वर्षभन्दा बढि अवधिदेखि टेक्निकल टेक्स्टाइल उद्योगसँग आबद्ध रहेका छन् । उनीहरुको यो क्षेत्रमा हासिल गरेको अनुभवले पुल अप प्यान्ट डाइपरको विकासमा सुक्ष्मरुपमा प्रयोग भएको छ, यसका साथै यसले मिलेनियम बेबी केयरको वित्तिय तथा व्यवस्थापनको क्षेत्रमा पनि सहयोग पुर्याएको छ ।त्यसैगरी कम्पनीको विश्वव्यापी उपस्थितीले यसको अन्तराष्ट्रिय लक्ष्यमा पनि ध्यान दिएको छ ।
यो कम्पनी (मिलेनियम बेबी केयर)ले तीन किसिमका महत्वपूर्ण प्रमाणपत्रहरु (आईएसओ ९००१ः२०१५, जीएमपी र सिई) प्राप्त गरेको छ ।
कम्पनीको आफ्नै उत्पादन यूनिट दुबई, भारत र नेपालका हुनुका साथै अन्य स्थानहरुमा पनि हुँदैछ ।

कम्पनीको उद्देश्य
मिलेनियम बेबी केयरको उद्देश्य भनेको शहरी क्षेत्रका साथसाथै ग्रामीण बजारहरुसम्म पुग्नुहो, जहाँ अभिभावकहरुलाईस सूपथ मूल्यमा परम्परागत प्यान्ट स्टाइल बेबी डाइपर उपलब्ध गराईनेछ ।

कम्पनीको दृष्टि
अत्याधुनिक प्रविधिको प्रयोगका साथमा, हामी मुलुकभित्रै उत्कृष्ट गुणस्तरको प्यान्ट स्टाइल बेबी डाइपर उत्पादन गर्ने प्रमुख कम्पनीको रुपमा हुनेछौं । हामी समुदायको हरेक क्षेत्रमा डाइपरको आरामदायीपनाको बारेमा जानकारी पनि प्रदान गर्नेछौं ।

कम्पनीको लक्ष्य
उत्कृष्ट गुणस्तरसहितको बेबी डाइपर प्यान्ट स्टाइल प्राकृतिक र स्वच्छ वातावरणमा उत्पादन गर्न प्रतिबद्ध छौं जहाँ हामीसँग यो क्षेत्रमा प्रतिबद्ध कर्मचारीहरुको समूह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij