२०८३ साउन १२ मंगलबार

ललितपुर उद्योग बाणिज्य संघले मनायो स्वर्ण जयन्ति, मन्त्री राणाद्वारा स्वर्णजयन्ति स्तम्भको उद्घाटन

ई आर्थिक    मंगलबार, असोज १० २०७४
8.7K
Shares
ललितपुर उद्योग बाणिज्य संघले मनायो स्वर्ण जयन्ति, मन्त्री राणाद्वारा स्वर्णजयन्ति स्तम्भको उद्घाटन

असोज १०, काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघले स्वर्ण जयन्ति मनाएको छ । सो अवसर पारेर जावलाखेलमा ललितपुर उद्योग बाणिज्य संघको ५०औं स्थापना दिवसका अवसरमा निर्मित स्वर्णजयन्ति स्मारक स्तम्भ तयार गरिएको छ । उक्त स्तम्भको अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले आज विहान उद्घाटन गर्नुभएको थियो ।

ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको स्वर्णजयन्ति स्तम्भ समुद्घाटन तथा बडा दशैँ, तिहार, नववर्ष नेस ११३८, एवं छठपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी अर्थ राज्यमन्त्री राणाले आर्थिक सम्बृद्धिको एजेण्डासहित संघीय प्रणालीमा देश अवतरण गरिसकेको बताए । उहाँले नेपाल उद्योग बाणिज्य महासंघ लगायत निजीक्षेत्रको सहयोगी भूमिका नै आफ्नो ३ महिने कार्यकाल महत्वपूर्ण हुनेमा विश्वास गर्दै आफ्नो गृह जिल्ला ललितपुरको विकासका लागि विशेष प्राथमिकतासहित कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दिंदै अध्यक्ष श्रेष्ठले उद्योग व्यवसायका दुःख सुखबारे दख्खल भएका अर्थ राज्यमन्त्री राणामार्फत उद्यमीमैत्री नीति स्थापित गर्न योगदान दिनुहुनेमा बिश्वस्त रहेको धारणा राख्नुभयो । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा ललितपुर क्षेत्र नं। २ का सांसद चन्द्र महर्जनले ५०वर्ष अगाडी आफ्नो भवन नहुँदाका अवस्थादेखि संघले व्यवसायीहरुको हितमा गर्दै आएको निरन्तर संघर्ष सस्मरण गर्नुहुँदै भन्नुभयो, ‘जिल्लाका निम्न पूँजीपतिवर्गको विकासमा पनि संघ अगाडी बढ्न सकोस, उत्तरोत्तर प्रगतिको शुभकामना।’

धन्यवाद ज्ञापनका क्रममा ललितपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्रकारले संघको स्वर्णजयन्तिका सन्दर्भमा भूतपूर्व अध्यक्षज्यूहरु, पदाधिकारी लगायतको विशेष योगदानलाई स्मरण गर्दै, प्रशस्त आर्थिक विकासका सम्भावना भइकन पनि यथोचित विकास हुन नसकेको अवस्थाबारे ध्यानाकर्षण गराउनुभयो। उहाँले बाँकी ६ महिना भित्र स्वर्णजयन्तिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आर्थिक क्षेत्र विकासमा संघ सदैव लागिपर्ने जनाए ।

कार्यक्रममा ललितपुर जिल्लाका पूर्व सभासदहरु, आन्तरिक राजश्व कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, संघका भूतपूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष अजरमान जोशी लगायत कार्यसमिति सदस्यहरु तथा ललितपुरका उद्योग व्यवसाय क्षेत्रया विभिन्न संघसंस्थाहरुका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij