२०८३ साउन १० आइतबार

स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीचको वार्ता सहमति नजिक

ई आर्थिक    शनिबार, असोज ७ २०७४
5.5K
Shares
स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीचको वार्ता सहमति नजिक

२०७४ असोज ७, काठमाडौं– आन्दोलनरत नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा शनिबार बेलुका भएको वार्ता सकारात्मक भएको संघका प्रतिनिधिले जनाएका छन्। स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले संघका माग मन्त्रिपरिषदबाटै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघको मुख्य माग लापरबाहीका कारण बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने निर्णय सरकारले फिर्ता लिइसकेको छ।

संघको अर्को माग ‘जेल विथआउट बेल’ (अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपाल गर्नेलाई धरौटी बिनै जेल चलान गर्नुपर्ने) विषयमा स्वास्थ्यमन्त्री पोखरेलले ऐन शंसोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान सहमति जनाएको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताए। ‘प्रधानमन्त्री नभएकाले भोलि कार्याबाहक प्रधानमन्त्रीसँग ऐन सशोंधनको विषयमा लिखित प्रतिबद्धता माग्ने सहमति भएको छ। त्यसपछि आन्दोलन फिर्ता हुनेछ,’ उनले भने।

सहमतिअनुसार ऐन संशोधनका लागि मन्त्रिपरिषदले पारित गरी स्वास्थ्यमन्त्रीले सदनमा प्रस्ताव लैजानेछन्। यही संसदले ऐन संशोधन गर्नेछ। यो प्रस्ताव पारित भएमा अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपाल गर्ने व्यक्ति मुद्दाको किनारा नलागेसम्म जेल बस्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij