२०८३ साउन ९ शनिबार

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

ई आर्थिक    बिहिबार, असोज ५ २०७४
4.4K
Shares
घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

५ असोज, काठमाडौं । लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए ।

घरबेट्टिले कोठावाल सटरवालासंग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने ।

उनले जननिर्वाचित प्रतिनिधि आए पनि आफुहरुले अघि सारेको माग सुनुवाईप्रति बेवास्ता गरेको गुनासो गरे ।

ललितपुर महानगरपालिकाले घरबबहाल करमा कडाई गरेमा अर्बौ रुपैयाँ उठ्छ, उनले भने, अब स्थानीय तहले एनकानुन तर्जुमा गर्दा घरबाहल मुल्य घरबेटिले नभई नगरपालिका वा गाउँपालिका आफैले तोक्ने व्यवस्था गर्नुपर्छ ।, आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij