४ असोज, काठमाडौं । राजधानीको गोकर्णमा अफिसको कामले पुगेका एक युवकले हिलो बाटोमा हिँड्न नसकेपछि भने- ‘काठमाडौंमा पानी पर्यो कि हिलामै, घाम लाग्यो कि धुलामै हुन्छ !
उनले भनेजस्तै राजधानीको सडक हिँड्नै नसकिने गरी हिलो र फोहोर बनेको छ । कहिले मेलम्चीको पाइप बिच्छ्याउन त कहिले ढल मर्मत गर्न। पालै सँग सडक भात्काउने काम भईरहने गरेको छ । अनी कुनै ठाउँमा भने सडक विस्तारको ठेक्का लिएकै ठेकेदार कम्पनीले नै काममा ढिलासुस्ती गर्दिने र सडक गुणस्तरहिन, मापदण्ड नपुर्याइ गर्दिनाले सडक बिग्रिने/भत्किने गरेको छ ।
नेपालीको महान चाड बडा दसैं नजिकिदै गर्दा यसपालीको दसैं हिलामै मनाउनु पर्ने भएको राजधानीबासीको गुनासो छ ।
केही दिनदेखि परेको पानीले राजधानीको सडक मान्छे हिँड्ने बाटो हो कि धान रोप्न ठीक पारेको खेत हो, छुट्याउनै नसकिने भएको छ ।
