२०८३ साउन १२ मंगलबार

सयपत्री हाइड्रोपावरले आईपीओ जारी गर्ने

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
7.1K
Shares
सयपत्री हाइड्रोपावरले आईपीओ जारी गर्ने

३ असोज, काठमाडौं । सयपत्री हाइड्रोपावरले आईपिओ जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुकालागी प्राथमिक शेयर जारी गर्न लागेको हो । जसकालागी लागि कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज २४ गते पहिलो बार्षिक साधारणसभा राखेकोे छ।

कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ‘ए’ जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ।

कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने खुलाएको छैन् ।

सधारणभाले आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण पारित गर्ने भएको छ। साथै साधारणसभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij