२०८३ साउन ९ शनिबार

टिकट कालोबजारी गर्ने ३० बिचौलिया पक्राउ : सादा पोसाकका प्रहरी

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
4.1K
Shares
टिकट कालोबजारी गर्ने ३० बिचौलिया पक्राउ : सादा पोसाकका प्रहरी

३ असोज, काठमाडौं । चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् ।

दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना बिचौलियाहरू पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीको अनुगमनका क्रममा अनधिकृत रूपमा टिकट बिक्री गर्ने ३० जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनालले बताए । ट्राफिक प्रहरीले लामो दुरीका लागि टिकट बुकिङ खुला भएसँगै अनुगमन सुरु गरेको हो ।

डीआईजी खनालका अनुसार कालोबजारी गरी टिकट बिक्री गर्नेहरूलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर पठाइएको छ ।

‘कसैले बढी भाडा लिएर टिकट बिक्री गर्छ भने उनीहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ डीआईजी खनालले भने ‘मौका आउने बित्तिकै बढी भाडा लिएर सर्वसाधारणलाई दुःख दिन पाइँदैन ।’

टिकट बिक्री अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन भएको खनालले बताए । उनका अनुसार राजधानीका गोंगबु, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वरलगायतका टिकट काउन्टरमा प्रहरी खटिएका छन् । आजको राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij