२०८३ साउन ११ सोमबार

आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

ई आर्थिक    सोमबार, असोज २ २०७४
2.9K
Shares
आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

१ असोज, काठमाडौं । आरएसडिसी लघुवित्त बित्तीय संस्थाको असोज २ गते (आज)देखि १ बराबर २ को अनुपात अर्थात २०० प्रतिशतमा हकप्रद शेयर बिक्री खुलेको छ ।

आरएसडिसीले १ सय रुपैयाँ अंकित मूल्यका कुल २३ लाख कित्ता हकप्रद निश्कासन गरेको हो ।

लगानीकर्ताहरुले आगामी कात्तिक ५ गतेसम्म आरएसडिसीको हकप्रदमा आवेदन दिन सक्ने छन् । यो माइक्रोफाइनान्सको हकप्रद प्रयोजनका लागि भदौ १६ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ भदौ १५ गतेसम्म यो कम्पनीको शेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

हाल यो माइक्रोफाइनान्सको कम्पनीको चुक्तापूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि ३४ करोड ५० लाखको उचाईमा पुुग्नेछ ।

कहाँबाट दिने आवेदन ?
इच्छुक शेयरधनीले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालय, इन्भेष्टमेन्ट बैंक तथा आरएसडिसी लघुवित्तका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिनसक्नेछन् ।

यो कम्पनीको प्रति कित्ता अन्तिम शेयर कारोबार मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij