२०८३ साउन १० आइतबार

कर्जा लिन मान्दैन निजी क्षेत्र : कारण यस्तो छ

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.4K
Shares
कर्जा लिन मान्दैन निजी क्षेत्र : कारण यस्तो छ

१ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि निजी क्षेत्र कर्जा लिन मानिरहेका छैनन् । चर्को ब्याजका कारण निजी क्षेत्रले कर्जा लिन नमानेका हुन् ।

बैंकहरूले ब्याजदर नघटाएसम्म कर्जा लिन नसकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । ‘कर्जा प्रवाह हुन नसक्नुको पहिलो कारण महँगो ब्याजदर हो’, उनले भने, ‘ब्याजदर नघटाएसम्म ऋण लिँदैनौं ।’

‘हामीलाई लगानीको आवश्यकता नभएको होइन’, उनले थपे, ‘चर्को ब्याजको लगानी फलदायी हुँदैन ।’ यसको प्रत्यक्ष असर आम उपभोक्तामा पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘बैंकर्सले महँगो ब्याजमा निक्षेप लिएका छौं भन्नु होला, तर सधैं नाफा कमाउनुपर्छ भन्ने हुँदैन, समयअनुसार परिमार्जन पनि हुनुपर्छ।’ बैंकर्सले भने पुस मसान्तसम्म ब्याज घटाउन नसक्ने बताएका छन् ।

‘कर्जाको ब्याज बढ्दा बैंकमा अधिक तरलता थुप्रिएको हो’, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले भने, ‘दोस्रो त्रैमाससम्म ब्याजदर घटाउन सकिने अवस्था छैन ।’ गत वर्ष क्रेडिट क्रन्च भएका बेला महँगो ब्याजमा निक्षेप लिएर उच्च ब्याजमा कर्जा प्रवाह भएकोे थियो । यो अनुपात मिलाउन अर्थात् ब्याजदर संशोधन तत्काल हुन सक्दैन । यद्यपि अबको चार महिनापछि भने ब्याजदर संशोधन हुन सक्ने शाहले बताए । ‘ब्याजदर बैंकले निर्धारण गर्ने होइन, बजारले गर्ने हो’, उनले भने, ‘माग र पूर्तिले यसलाई निर्देशित गरिरहेको हुन्छ ।’ आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij