२०८३ साउन ९ शनिबार

दामी र हामीनिटको दशैंको खुशी बाडौं अफर मेला शुरु

ई आर्थिक    शुक्रबार, भाद्र ३० २०७४
3.1K
Shares
दामी र हामीनिटको दशैंको खुशी बाडौं अफर मेला शुरु

३० भदौ, काठमाडौं । दामी र हामीनिट इन्डस्ट्रिजले दशैं र तिहारको अवसर पारेर दशैंको खुशी बाँडौं अफरको मेला संचालन गरेको छ ।

ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका पहिरन उत्पादन गर्ने हामीनिट र गार्मेन्ट उत्पादनहरु जिन्स पाइन्ट, टिसर्ट, ट्राउजरका साथै बच्चाहरुका कपडा उत्पादन गर्ने दामी ब्राण्डले संयुक्त रुपमा बृहत प्रदर्शनी तथा बिक्री मेला यहि भाद्र २९ देखि आश्विन १३ गते सम्म के.एल. टावर चुच्चेपाटी चावहिलमा आयोजना गर्दैछ । जसमा रु ५०० देखि १५०० सम्मका कपडाहरुको खरिदमा ७५ प्रतिशत सम्म छुट अफर ल्याएको छ । त्यस्तै ५००० भन्दा माथिको खरिदमा एउटा आकर्षक गिफ्ट ह्याम्पर पनि दिने पनि जनाएको छ ।

के.एल. टावरको तेश्रो तल्लामा रहेको हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल ,जिन्स पाइन्ट, टाउजर, साथै वच्चाहरु का कपडाहरु लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ ।

हामीनिट ब्राण्डले छिटो समयमा नै लोकप्रिय ब्राण्डको रुपमा नेपालीका माझमा आफुलाई परिचित गराउदै लैजाने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताउनु भयो । साथै उहाँले हामीनिटका के.एल.टावर चुच्चेपाटीमा र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा रहेको । साथै निकट भविष्यमा थप आउटलेट संचालन गर्ने जानकारी पनि गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij