२०८३ साउन ९ शनिबार

स्थानीय तहमा कर्मचारी पठाउन अटेर : कागजमा नौ हजार, फिल्डमा तीन हजार

ई आर्थिक    शुक्रबार, भाद्र ३० २०७४
1.9K
Shares
स्थानीय तहमा कर्मचारी पठाउन अटेर : कागजमा नौ हजार, फिल्डमा तीन हजार

३० भदौ, काठमाडौं । ‘मुख्यसचिवज्यू, स्थानीय तहमा कर्मचारी छैनन्, लेखापाल पनि छैनन् । दसंैको बेला कर्मचारीलाई तलब खुवाउनै समस्या भयो । जनप्रतिनिधिलाई पनि काम गर्न कठिन छ ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बुधबार मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग गरेको गुनासो हो यो । थपलिया भन्दै थिए, ‘मन्त्रालयहरू नै आफ्ना कर्मचारी तल पठाउन मान्दैनन्, संघीयता कार्यान्वयनमै समस्या भयो ।’

थपलियाको यस्तो गुनासो सुनेपछि मुख्यसचिव क्षत्रीले भने, ‘सरकारले गरेको निर्णय त मन्त्रालयहरूले मान्नुपर्ने हो नि ! कर्मचारी किन पठाइरहेका छैनन् ? यो त दुखद् हो ।’

मुख्यसचिव र स्थानीय विकास सचिवबीचको यो वार्तालापले पनि प्रष्ट पार्छ, ‘अधिकांश मन्त्रालयले मातहत कर्मचारीलाई स्थानीय तहमा पठाउन आनाकानी गरिरहेका छन् । संविधानअनुसार केन्द्रका अधिकांश काम स्थानीय तहमा गएका छन् ।

कामसँगै मन्त्रालयहरूले कर्मचारीलाई तहमा पठाउनुपर्ने भए पनि हालसम्म पठाएका छैनन् । आजकोअन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij