२९ भदौ, काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बिहीबार ( आज)देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला भएको छ ।
बैंकले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख २५ हजार कित्ता शेयर निष्कासन गरेको हो । हकप्रदमा भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र कात्तिक १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानिकर्ताले हकप्रदकालागी सानिमा क्यापिटल लिमिटेड नारायणचौर, नक्साल काठमाडौं र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बिर्तामोड ७, झापा तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, सनराइज बैंकका धनगढी, नेपालगंज, पोखरा, भैरहवा, नारायणगढ, वीरगंज र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
हाल ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १४ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिटको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३९ पैसा छ ।