२०८३ साउन ९ शनिबार

लिक बन्यो, गुडाउने रेल छैन

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
4.5K
Shares
लिक बन्यो, गुडाउने रेल छैन

२८ भदौ, काठमाडौं । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन ।

जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ । भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण तयार हुने जनाएको छ ।आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij