२०८३ साउन ९ शनिबार

आचारसंहिता विपरीत प्रचार सामग्री छाप्ने अपसेट प्रेसमा प्रहरीको छापा

ई आर्थिक    मंगलबार, भाद्र २७ २०७४
4.8K
Shares
आचारसंहिता विपरीत प्रचार सामग्री छाप्ने अपसेट प्रेसमा प्रहरीको छापा

२७ भदौ, महेन्द्रनगर । जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ ।

तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा ९एमाले०, नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र० र राजपाको रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij