२०८३ साउन ९ शनिबार

बुटवलमा सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
5.5K
Shares
बुटवलमा सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग

२६ भदौ, बुटव । जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत जिल्लामा सात वटा युवा समूहलाई रु पाँच लाखका दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ ।

समितिको आइतबार बुटवलमा सम्पन्न बैठकले जिल्लाको सात वटा निर्वाचन क्षेत्रमा रहेका सात वटा संस्थालाई जनही रु पाँच लाखका दरले ऋण सहयोग गर्नेगरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले बताउनुभयो ।

जिल्लामा ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं १ बाट सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र धकधइ, क्षेत्र नं २ बाट लुम्बिनीखबर सञ्चारगृह भैरहवा, क्षेत्र नं ३ बाट श्री सम्मरीमाई सामुदायिक संस्था, क्षेत्र नं ४ बाट भैरव टेक्नो पार्क बुटवल, क्षेत्र नं ५ बाट रेग्मी दुग्ध उत्पादन तथा बिक्री केन्द्र रुद्रपुर, क्षेत्र नं ६ बाट वरुण कृषक समूह बोगडी र क्षेत्र नं ७ बाट लुम्बिनी प्रगतिशील युवा क्लब महादेवा रहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडा एक उद्यम नीतिअनुसार केही महिना अगाडि सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानअन्तर्गत धेरै प्रस्ताव समितिमा परेको भए तापनि राष्ट्रिय युवा परिषद्ले जिल्लाका सात निर्वाचन क्षेत्रमा प्रतिनिधिमूलक ढंगले एक÷एक वटा सामूहिक संस्थालाई उद्यम कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

छनोट भएका संस्थाले नेपाल बचत तथा ऋण सहकारी संघ (नेप्सकुन) मा आबद्ध रहेका सहकारी संस्थामार्फत किस्तामा ऋण सहयोग प्राप्त गर्नेछन् । प्रस्तावनामा उल्लेख भएअनुसार काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋणबापतको रकम भने सहकारीमार्फत फिर्ता गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij