२०८३ साउन ९ शनिबार

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
15.8K
Shares
फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप

२५ भदौ, काठमाडौं । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् ।

जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ बर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगाइ सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फनपार्कले ६४ रेपानी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार बर्षका लागि सम्झौता गरेको थियो ।
आजको नेपाल समाचारपत्र बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij