२०८३ साउन १२ मंगलबार

सर्वोच्च बारद्वारा प्रम राहत कोषमा रु दुई लाखभन्दा बढी सहयोग

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
2.6K
Shares
सर्वोच्च बारद्वारा प्रम राहत कोषमा रु दुई लाखभन्दा बढी सहयोग

२३ भदौ,काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले बाढी पहिरो पीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रु दुई लाख ३५ हजार ७२५ प्रदान गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालको नेतृत्वमा आज बालुवाटारमा पुगी सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको सर्वोच्च बारका सचिव विष्णु लुइँटेलले जानकारी दिनुभयो ।

सर्वोच्च बारका पदाधिकारीसहित सदस्यबाट संकलन गरिएको उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो ।

सचिव लुइँटेलले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने सोचका साथ सर्वोच्च बारका सदस्यबीच पैसा संकलन गरी राहत कोषमा पैसा बुझाएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij