२०८३ साउन ९ शनिबार

समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्णः नेता सिटौला

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
4.5K
Shares
समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्णः नेता सिटौला

२३ भदौ, बनियानी (झापा)। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ ।

१०४ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समिति र नेपाल महिला संघ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले समाज परिवर्तनका लागि बिपीको मार्ग र सिद्धान्त आत्मसात गर्नुको विकल्प नभएको बताउनुभयो ।

समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलापको नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । बिपी जयन्तीकै अवसरमा मेची अञ्चल अस्पतामा आयोजित फलफुल वितरण तथा सरसफाइ कार्यक्रमसमेत उहाँ सहभागी हुनुभयो ।

पार्टी कार्यकर्तासँग सहभागी हुँदै नेता सिटौलाले अस्पताल परिसरमा सरसफाइ र बिरामीलाई फलफूल वितरणसमेत गर्नुभयो । उहाँले अस्पतालको बाहिर र भित्री भागको सरसफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

काँग्रेस भद्रपुर नगरसमितिका अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष राम कट्टेल, मेडिकल सुपरिटेण्डेण्ट डा पिताम्बर ठाकुर, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघकी क्षेत्रीय सभापति शर्मिला अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij