२०८३ साउन ९ शनिबार

मेक्सीकोमा ८.१ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प, सुनामीको पनि खतराले जनता त्रसित

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
5.5K
Shares
मेक्सीकोमा ८.१ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प, सुनामीको पनि खतराले जनता त्रसित

२३ भदौ, काठमाडौं । मेक्सिकोमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

बिहीबार राति गएको भूकम्पको केन्द्रबिन्दु पीजीजीपान शहरभन्दा १०० किलोमिटर टाढा रहेको भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ ।

भूकम्पको धक्का मेक्सिको सिटीसम्म पुगेको थियो । उक्त धक्का आएपछि मानिसहरु सडकमा निस्केका थिए ।

भूकम्पले मेक्सिको साथै ग्वाँटेमाला, एल साल्भाडोर, कोष्टारिका, निकारागुवा, पानामा र होन्डुरसम्म सुनामी आउने संकेत गर्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । भूइचालोको क्षतिको बिबरण भने आइसकेको छैन ।

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।

सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता

यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ ।
समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।

भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij