२३ भदौ, काठमाडौं । मेरो माइक्रोफाईनान्सले आफ्ना लगानीकर्तालाई ४२ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले ३० प्रतिशत बोनस शेयर र १२.१० प्रतिशत नगद लाभांश दिने गरी आगामी असोज ३० गतेसाधारणसभा बोलाएको छ ।
बैंकले साधारणसभा प्रयोजन र बोनस शेयर प्राप्तिका लागि अलग अलग मितिमा बुक क्लोजको मिति तोकेको छ । साधारणसभा प्रयोजनका लागि असोज २ गतेदेखि १० गतेसम्म शेयरधनी बुक क्लोज हुने र बोनस शेयर प्रयोजनका लागि असोज ९ गतेसम्म शेयर किनी असोज २२ गतेसम्म नामसारी गराएकाहरुले बोनस पाउने खालको सूचना जारी गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २२ करोड रहेकोमा बोनसपछि २९ करोड पुग्नेछ । कम्पनीले गत आर्थिक बर्षमा ९ करोड २८ लाख रुपेयाँ खुद नाफा गरी प्रति सेयर आम्दानी ४२ रुपैयाँ कायम गरेको थियो ।