२०८३ साउन ९ शनिबार

कञ्‍चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
3.6K
Shares
कञ्‍चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते

२३ भदौ, महेन्द्रनगर । कञ्चनपुरको भुजेलामा गोली चल्दा दुई जना घाइते भएका छन् ।

बिहीबार राति अज्ञात समूहले हानेको गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत दुई जना भारतीय कर्मचारी घाइते भएका छन् ।

घाइते हुनेहरुमा ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह रहेका छन् । चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली लागेको छ। घाइते दुवैजनालाई उपचारका लागि भारत पठाइएको छ।

बिहीबार राति करिब १० बजे भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो। महेन्द्रनगरबाट क्यासिनो खेलेर मोटरसाइकल चढेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई अज्ञात समूहले गोली हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ।

गोली प्रहारको सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले दुईजनालाई बन्दुकसहित पक्राउ गरेको छ। उनीहरुको परिचय खुलेको छैन ।

गोली के कति कारणले चलाइएको भन्नेबारे पनि केही खुलेको छैन । प्रहरीले क्यासिनोबाट फर्किरहेका हुनाले उनीहरुसँग भएको रकम लुट्नका लागि गोली प्रहार गरेको हुन सक्ने आशंका गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीले घटनाबारे अनुसन्धान भइरहेकोले विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत् दिइने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij