२०८३ साउन १० आइतबार

घरमै बसिरहेको अवस्थामा स्यालले टोकेर १८ जना घाइते

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
4.7K
Shares
घरमै बसिरहेको अवस्थामा स्यालले टोकेर १८ जना घाइते

२२ भदौ, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।

बुधबार साँझ नौजना र आज दिउँसोसम्म नौजनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिनुभयो । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताउनुभयो । स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताउनुभयो ।

घाइतेलाई काठमाडौँ पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । आज बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताउनुभयो ।

विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij