२०८३ साउन ९ शनिबार

दुर्घटनामा परी दुईजनाको मृत्यु, अज्ञात समूहद्वारा कारमा आगजनी

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
2.8K
Shares
दुर्घटनामा परी दुईजनाको मृत्यु, अज्ञात समूहद्वारा कारमा आगजनी

२२ भदौ, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परी घाइते भएकी स्कुटरमा सवार सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कलेज, रुपन्देहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

कारमा अज्ञात समूहद्वारा आगजनी

यसैबीच, नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् ।

आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij