२०८३ साउन १२ मंगलबार

हिसाब नबुझाउने ३० म्यानपावरमाथि कारबाही, बढी रकम लिने ५ को काम रोक्का, कुन कुन परे ? (नामसहित)

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
3.8K
Shares
हिसाब नबुझाउने ३० म्यानपावरमाथि कारबाही, बढी रकम लिने ५ को काम रोक्का, कुन कुन परे ? (नामसहित)

२२ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ । विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ ।

विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका म्यानपावरलाई कारबाही गरिएको हो । ‘स्पष्टीकरण नबुझाउनेलाई एक लाख र स्पष्टीकरण बुझाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरी सचेत गराइएको छ,’ महानिर्देशक पाण्डेले भने ।

विभागले गत चैतमा म्यानपावरको सम्पूर्ण हिसाबकिताब बुझाउन निर्देशन दिएको थियो । जसमा ७ सय ४५ वटा म्यानपावरले हिसाब बुझाएका थिए । हिसाब बुझाएका ६६ म्यानपावरलाई चुस्त नरहेको भन्दै सचेत गराइएको छ । ‘सबै म्यानपावरले बुझाएको हिसाब छानबिन भइरहेको छ । जसमा ६६ वटालाई पहिलो पटक सचेत गराएका छौं,’ प्रवक्ता मोहन अधिकारीले भने ।

विभागका अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएकामा सिद्धार्थ गौतम ओभरसिज, युनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस, क्यापिटल रिक्रुटमेन्ट सर्भिस, मुनलाइट इन्टरनेसनल, सन रे ग्लोबल ओभरसिज, स्के इन्टरप्राइजेज, इनोभेटिभ सर्भिसेज, फरदोष इन्टरनेसनल सर्भिस कम्पनी, एसआरएस ओभरसिज सर्भिसेज, रेडरोज इन्टरनेसनल म्यानपावर, हामिदा इन्टरनेसनल, सार्प ह्युमन रिसोर्सेज, नेपाल रिक्रुटिङ सर्भिसेज, कौशिक जनशक्ति इन्टरनेसनल, मुस्ताङ ओभरसिज र सिनमल गोर्खा इन्टरनेसनल मेनेजमेन्ट सर्भिस प्रालि छन् ।

त्यस्तै, ५० हजार रुपैयाँ जरिवाना गरिएका म्यानपावरहरूमा राइजिङ स्टार ओभरसिज, बेबी एन्जल इन्टरनेसनल, पिस नेपाल ओभरसिज, जब सिकर म्यानपावर, सारथी ओभरसिज रिक्रटमेन्ट, एसोसिएट्स वेलकम इन्टरनेसनल, रिजा ओभरसिज इम्प्लाइमेन्ट, एपोलो मेनपावर सर्भिसेज, एबीसी ओभरसिज, स्तुपा ओभरसिज सर्भिस, मेरिडियन मेनपावर सर्भिस, श्रीओम महाशक्ति इम्प्लोइमेन्ट, ध्वनि इन्टरनेसनल र एनएसओ कन्सल्ट छन् ।

वैदेशिक रोजगारीका लागि एक लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको भन्दै विभागले वाइड स्पेस, निड्स इम्पोइमेन्ट, सिद्ध ग्लोबल, इन्टरनेसनल जब लिंक र युनिभर्सल इन्टरनेसनलको काम रोक्का गरेको छ । ‘कामदारसँग गैरकानुनी रूपमा रकम लिएको प्रमाण फेला परेको छ,’ महानिर्देशक पाण्डेले भने, ‘कारबाहीका लागि थप छानबिन भइरहेको छ ।’ ती म्यानपावरले कामदारसँग एक लाख ६० हजारदेखि ८ लाख रुपैयाँसम्म लिएको विभागले जनाएको छ । प्रवक्ता अधिकारीका अनुसार युनिभर्सल इन्टरनेसनलले पोल्यान्ड जाने कामदारसँग ८ लाख रुपैयाँ असुल गरेको प्रमाण भेटिएको थियो ।

महानिर्देशक पाण्डेले शून्य लागतभन्दा बढी रकम लिएको पाइए विभागलाई खबर गर्न सम्बन्धित सबैसँग आग्रह पनि गरे । अाजकाे कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij