२०८३ साउन ९ शनिबार

प्रहरी हिरासतमा थुनुवाको रहस्यमय मृत्यु : गुपचुप राख्ने प्रयास, यस्तो छ घटना विवरण

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
3.3K
Shares
प्रहरी हिरासतमा थुनुवाको रहस्यमय मृत्यु : गुपचुप राख्ने प्रयास, यस्तो छ घटना विवरण

२१ भदौ, दाङ । वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्र एक व्यक्तिको मृत्यु भएको रहस्य खुलेको छ । प्रहरी हिरासतभित्र थुनुवा व्यक्तिको मृत्यु भएको घटना प्रहरीले गुपचुप राखेर बेवारीसे अवस्थामा सडक छेउमा शब भेटिएको बताएपछि घटना रहस्यमय बनेको हो।

वडा प्रहरी कार्यालय लमहीले आफ्नो हिरासतमा रहेका कुनै व्यक्तिको मृत्यु नभएको दावी गरेको छ । प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले प्रहरी कार्यालयको हिरासतभित्र कुनै व्यक्तिको मृत्यु नभएको दावी गरे ।

यता हिरासतमा लिएको व्यक्तिलाई स्वास्थ्य जाँचको लागि अस्पताल लगिएको बेला खिचिएको तस्विर सार्बजनिक भएको छ भने जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो आधिकारीक फेसवुक पेजमा तिनै व्यक्तिको फोटो सहित घोराही उपमहानगरपालिकास्थित चौपट्टा जंगलमा मृत अवस्थामा फेला परेको भनी सुचना पोष्ट गरेको थियो ।

स्वास्थ्य जाँच गराउँदै गर्दाको तस्विर सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालयले फेसवुकमा पोष्ट गरेको सुचना हटाएको छ, जस्ले गर्दा चौतर्फी आशंका उब्जाएको छ । घटनाक्रम सार्वजनिक भएपछि जिल्ला प्रहरी प्रमुख एसपी दुर्गासिंह चन्दले वडा प्रहरी प्रमख खड्कालाई जिल्ला प्रहरी कार्यालय दाङमा बोलाएको बाताएको छ ।

यस्तो छ घटना विवरण

प्रहरीले पक्राउ परेका व्यक्तिको स्वास्थ्य जाँचको लागि लमही अस्पतालमा भदौ १३ गते बेलुका लगेको थियो । अस्पतालमा ती व्यक्तिको जाँच भएको पाइएको छ । जाँच गरेपछी ती ब्यक्तिलाई प्रहरीले आफ्नो भ्यानमा राखेर प्रहरी कार्यालयमा लगेको थियो । रातभर प्रहरी हिरासतमा रहेका ती व्यक्तिलाई भदौ १४ गते बिहान लमही अस्पताल लगियो ।

अस्पतालमा जाँच गर्दा ती व्यक्ति मृत थिए । मुटुको धड्कन जाँच गर्न ईसीजीको लागि फलोरेन्स अस्पताल लगिएको थियो । मृत्यु पुष्टि भएपछी लमही अस्पतालको शव गृहमा राखियो । प्रहरीले शवलाई एम्वुलेन्समा राखेर घोराही उपक्षेत्रीय अस्पताल पुर्‍यायो ।

वडा प्रहरी कार्यालय घोराहीबाट भदौ १६ गते नाम, ब्यहोरा नखुलेको भन्दै शव घोराही उपमहानगरपालिका वातावरण शाखाको जिम्मा लगाएको थियो । त्यो शव उपमहानगरपालिकाको रोहवरमा गाडी सकिएको छ । लमही अस्पतालमा मेडिकल जाँचको क्रममा ती व्यक्तिले आफ्नो नाम युवराज खड्का, वर्ष ४० को लेखाएका थिए ।

उनले आफ्नो ठेगाना घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी भनेर उल्लेख गरेका छन् । मापसे जाँच गर्न प्रहरीले ती व्यक्तिलाई लमही अस्पताल लगेको थियो । अाजकाे अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij