२० भदौ, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ शान्तिपाटनस्थित एक घरमा गएराति १२ः१५ बजे अरिङ्गालले घरमा बनाएको गोलो पोल्न खोज्दा आगलागी भएको छ ।
सो ठाउँ बस्ने कृष्णबहादुर कुँवरको ढुंगाको छानो भएको पुरानो दुईतले घरको झ्यालमा अरिङ्गालले गोलो लगाएकामा घरधनी कुँवरले नजिकैको घरमा बस्ने मजदुरहरुलाई गोलो पोल्न लगाएको वडा प्रहरी कार्यालय, वैदामले जनाएको छ ।
आगो अन्यत्र पैmलन गई घरको माथिल्लो तलामा राखिएका फर्निचर तथा सरसामान जलेर नष्ट हुँदा करिब रु १५-१६ लाखको क्षति पुगेको प्रहरीको अनुमान छ ।
महानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासबाट राति १ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । रासस