१९ भदौ, काठमाडौं । चाडपर्वलाई मध्यनजर गर्दै दरबारमार्गका ब्रान्डेड सोरुमले सेलको नाममा सर्वसाधारणलाई लुटेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले शिलबन्दी गरेको छ।
चाडपर्वमा सेलको नाम दिएर ६०, ६५, ७५, ८० प्रतिशत छुट भन्दै मूल्य बढाएर उपभोक्ता ठग्ने काम गरेको भन्दै टोलीले सिलबन्दी गरिदिएको हो।
खरिद बिल देखाउन नसकेको कारणले त्यहाँका विभिन्न ब्रान्डका सामान बेच्ने पसलहरुमा सिलबन्दी गरिएको उपभोक्ता अधिकार मंचका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए।
दरबारमार्गमा रहेका बेन्टले, नाइकी, पुमा, स्टोर वानलगायतका सोरुममा सिलबन्दी गरिएको उनले जानकारी दिए।