२०८३ साउन ९ शनिबार

निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
3.2K
Shares
निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच

१८ भदौ, भक्तपुर। मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् ।

सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार शिविर आयोजना गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले ५०९ जनाको निःशुल्क स्वास्थ्य जाँच गर्नाका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको क्लिनिकका सञ्चालक बचन देउजाले जानकारी दिनुभयो ।

शिविरमा मुटुरोग, नाक, कान, घाँटी, प्रसूति रोग, हाडजोर्नी, इसिजी, इको, रगत तथा पिसाब परीक्षण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij