२०८३ साउन ९ शनिबार

‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक, असोज २७ गते अल नेपाल रिलिज हुँदै

ई आर्थिक    शुक्रबार, भाद्र १६ २०७४
7.9K
Shares
‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक, असोज २७ गते अल नेपाल रिलिज हुँदै

१६ भदौ, काठमाडौं । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ल, भोमन कटुवाललगायत कलाकारको अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको यस चलचित्रलाई शम्भु सापकोटले खिचेका हुन् भने कल्याण अधिकारीले निर्देशन गरेको हुन् ।

यहि असोज २७ गतेदेखि अल नेपाल रिलिज हुन लगेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् ।
रोमन्टिक लभ स्टोरी बेसको यस चलचित्रले दर्शकको मन जित्ने चलचित्रका निर्देशक कल्याण अधिकारी बताउँछन् ।

yo-pagal-mann1

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij