२०८३ साउन ९ शनिबार

भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट, अनिश्चितकालका लागि यातायात ठप्प

ई आर्थिक    बिहिबार, भाद्र १५ २०७४
7.1K
Shares
भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट, अनिश्चितकालका लागि यातायात ठप्प

१५ भदौ, कञ्चनपुर । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ।

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प पारेको डोकेबजार प्रहरी चौकीका प्रमुख मदनसिंह धामीले बताउनुभयो ।

कुटपिटमा संलग्न भारतीय व्यापारीमाथि स्थानीयवासीले कारबाहीको माग गरेका छन् । विवाद साम्य पार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बलका अधिकारी र नेपाल–भारतका व्यापारीबीच छलफल भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij