१५ भदौ, काठमाडौं । समिट माईक्रो फाईनान्स डेभलपमेन्ट बैंकले भदौ २९ देखि सात करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने भएको छ ।
बैंकले एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुुल्य कायम रहनेगरी सात लाख २५ हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको बैंकको हकप्रद शेयरको बिक्री कार्य आगामी कार्तिक १ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी २० करोड, जारी पुंजी १४ करोड ५० लाख रुपैयाँ रहेको बैंकको हकप्रद बिक्री पश्चात भने चुक्ता पुंजी १४ करोड ५० लाख रुपैयाँ पुुग्ने छ ।