४ भदौ, काठमाडौं । सरकारले आउँदो आइतबार (भदौ १८)सार्वजनिक बिदा दिने भएको छ ।
इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ । आइतबार मुलुकभर मुस्लिम समुदायहरुले बकर ईद पर्व मनाउँदै छ ।
