२०८३ साउन १० आइतबार

बाढीबाट दुई हजार रोपनी खेतको धान नष्ट

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
4.6K
Shares
बाढीबाट दुई हजार रोपनी खेतको धान नष्ट

११ भदौ, त्रिशूली(नुवाकोट) । गए राति परेको अविरल वर्षापछि आएको बाढीबाट जिल्लाको पूर्वी क्षेत्रमा हजाराँैं रोपनी खेतको धान नष्ट भएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नं २ सिक्रेको कुडुले खोलामा आएको बाढीले छबिसे फाँट र आठबिसे फाँटमा लगाइएको धान नष्ट गरेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो ।

खोलाले मानवीय क्षति तथा घरमा क्षति नपु¥याए पनि दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली बगाएको र यसबाट किसानले लाखौंँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताइएको छ ।

बाढीले धानखेत नै बगाएका कारण किसानले बगर भएको खेतलाई खेतीयोग्य रुपमा बनाउन पनि लाखौंँ खर्च गर्नुपर्ने भएको वडाध्यक्ष मिश्रको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij